मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ । २०७२ मा गोरखा बारपाकपछि जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति सबैभन्दा बढी मानवीय क्षति गर्ने भूकम्प गएको छ । २०७२ सालमा गएको भूकम्पमा परी नौ हजार बढीको मृत्यु भएको थियो । २२ हजार बढी घाइते भएका थिए ।

यो भूकम्पपछि  सयौँ साना पराकम्पहरु गएका थिए । तर ठूलो मानवीय क्षति गर्नेगरी पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गयो । गृह मन्त्रालयको तथ्यांकअनुसार यस भूकम्पमा अहिलेसम्म १५८ जनाले ज्यान गुमाइसकेका छन् । ३५७ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलंगामा दर्जनौँ घरहरु भत्किएका छन् । भूकम्पलगत्तै ४ रेक्टरस्केल माथिका चारवटा पराकम्पनहरु गइसकेका छन् । ४ रेक्टरमुनिका ३११ वटा पराकम्पहरु गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखा बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्प दिउँसोको समय र सार्वजनिक बिदाको दिन परेका कारण बढी ठूलो क्षति हुन पाएन । तर जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प मध्यरातमा गएकाले मानिसहरु ओछ्यानमै रहेकाले बढीको ज्यान गएको आँकलन गरिएको छ ।

भूकम्प गएपछि धेरै मानिस घरबाहिर निस्कन सकेनन् । केही मानिसहरु मात्र भागेर ज्यान जोगाउन सफल भए । भूकम्पका कारण प्रायजसो परम्परागत घर तथा कच्ची घरमा बढी क्षति पुगेको देखिएको छ । गतवर्ष डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । गतवर्ष कात्तिक २२ गते राति २ः१२  बजे गएको भूकम्पमा परी डोटीमा मात्र ६ जनाको ज्यान गएको थियो । भौतिक  संरचनामा धेरै क्षति पुर्याएको थिएन ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP