मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । जाजरकोट केन्द्र विन्दु भएर गएको शुक्रबार रातिको भूकम्पबाट सात जिल्लाका ३ हजार ७७० घरमा क्षति भएको छ।ती मध्ये २ हजार ८३८ घरमा आंशिक र  ९३२ घर पूर्ण क्षति भएका गृह मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन्।

यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ।सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ।प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ। यसैगरी, नवलपरासी पूर्वमा एउटा घरमा क्षति पुगेको छ भने दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको छ।यसैगरी, बैतडीमा एउटा घर भत्किएको छ।भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएका गृह मन्त्रालय अन्तरगतको विपत पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ।

हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्।मृतक सबैभन्दा धेरैजाजरकोटका १०५ जना रहेका छन्। त्यहाँ ११२ जना घाइेत भएका छन्।त्यसपछि रुकुम पश्चिचमा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन्।
यता, सल्यानमा २, रोल्पामा १, दैलेखमा ३ र जुम्लामा ३ जना घाइते भएका छन्। भूकम्प प्रभावित जिल्लामा नेपाल प्रहरीका आठ सय ७४ जना, सशस्त्रका चार सय ८५ जना र सेनाका दुई सय दुई जना परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP