
काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।
भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्स्थापनाका विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि उनले शनिवार नै आइतबार बिहाका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।