मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । लुकाईछिपाई ल्याउँदै गरेको १० क्वीन्टल चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको छ।

बीपी राजमार्ग हुँदै पूर्वी तराईका विभिन्न स्थानबाट पोकापोकी बनाएर ल्याइएको चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको हो। बिहीबार बिहान १० बजेदेखि दिउँसो साढे चार बजेसम्म चेकजाँचको क्रममा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो। बीपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रिने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

प्रहरीले यसअघि कात्तिक पहिलो साता बीपी राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो। ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो।  प्रहरीले बीपी राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गर्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP