बुधबार , बैसाख १०, २०८२

काठमाडौं । नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ ।  बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका उपाध्यक्ष विष्णु पौडेल सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए । उनले संसदबाट विदा पारित गरेर देखाउन पनि चुनौती दिए ।

‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ ? उनले भने,  सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’

फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने बताए । ‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो । हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु ।’ पौडेलले भने ।

मुलुक समृद्धिको दिशामा अघि बढिरहेकाले युद्ध दिवस मनाउनु उचित नहुने उनको भनाइ छ । सरकार सबै क्षेत्रमा असफल भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP