मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ। सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो।

सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड अहिले तोडिएको छ।

यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। अक्टोबरमा भने पर्यटकको ुफ्लोु बढेको छ। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६।०४ प्रतिशतले बढ भएको बोर्डले जनाएको छ।

कोभिडअघि अर्थात् सन् २०१९ को अक्टोबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए। त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए।

तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।

कुन मुलुकबाट कति पर्यटक आए ?

भारत : १८ हजार ४८०
अमेरिका : १४ हजार ८७९
बेलायत : ८ हजार २१७
चीन : ६ हजार ८८०
अष्ट्रेलिया : ६ हजार ०७५
जर्मनी : ५ हजार ९१६
फ्रान्स : ५ हजार २७१
बंगलादेश : ४ हजार २९२
श्रीलंका : २ हजार ५०७
इटाली : २ हजार ४६७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP