मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह गरेका हुन् ।

उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण भएको बताए ।गुटेरेसलाई लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्र समेत रहेको बताए ।

प्रचण्डले राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह भएको भन्दै ऐतिहासिक स्थलको भ्रमणका लागि गुटेरेसलाई धन्यवाद दिए ।उनले संयुक्त राष्ट्रसंघ लामो समयदेखि लुम्बिनीको विकाससँग जोडिएको बताए ।राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरिएको भन्दै प्रचण्डले विश्व मञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई मान्यता दिएको बताए ।

प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने प्रयासमा रहेको भन्दै शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको बाँकी काम चाँडै टुंग्याउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP