आइतबार , बैसाख २१, २०८२

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न नभनेको दाबी गरेका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सचेतक बर्तौलाले प्रसाईँको अराजकताको सीमा नभएपनि एमालेले सरकारलाई कुनै अमुक व्यक्तिलाई पक्राउ गर्न नभनेको दाबी गरे । उनले सामाजिक सद्भाव भड्काउने, गलत तथ्य, सूचनाहरु, कपोल्कल्पित र भ्रामक विषय वस्तु सरकार आफैंले नियन्त्रण गर्नपर्ने बताए ।

‘उहाँ (दुर्गा प्रसाईँ) को अराजकताको त सीमानै छैन । हामी प्रमुख प्रतिपक्षीले भन्दा पनि सामाजिक सद्भाव भड्काउने, गलत तथ्य, सूचनाहरु, कपोल्कल्पित र भ्रामक विषय वस्तु त सरकार आफैंले नियन्त्रण गर्नुपर्छ । यो सरकारको दायित्वभित्रको कुरा हो । हामीले यसबारे कुनै छलफल गरेको होईन,’– बर्तौलाले भने ।

दुर्गा प्रसाईँजस्ता अराजक तत्वहरुले समाजलाई गलत ढंगतर्फ लान खोजेको उनको दाबी छ । अहिले हुँदै नभएको कुराहरु हो जस्तो पारेर अनेकौं ढंगले भ्रम फैलाउने काम भएको उनले बताए । कपोल्कल्पित, मिथ्या, भ्रामक प्रचार हुँदा पनि सरकार मुकदर्शक बनेको उनको टिप्पणी छ । दुर्गा प्रसाईँजस्ता पात्रका बारेमा एमालले टिप्पणी गर्नु जरुरी नरहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP