मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न नभनेको दाबी गरेका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सचेतक बर्तौलाले प्रसाईँको अराजकताको सीमा नभएपनि एमालेले सरकारलाई कुनै अमुक व्यक्तिलाई पक्राउ गर्न नभनेको दाबी गरे । उनले सामाजिक सद्भाव भड्काउने, गलत तथ्य, सूचनाहरु, कपोल्कल्पित र भ्रामक विषय वस्तु सरकार आफैंले नियन्त्रण गर्नपर्ने बताए ।

‘उहाँ (दुर्गा प्रसाईँ) को अराजकताको त सीमानै छैन । हामी प्रमुख प्रतिपक्षीले भन्दा पनि सामाजिक सद्भाव भड्काउने, गलत तथ्य, सूचनाहरु, कपोल्कल्पित र भ्रामक विषय वस्तु त सरकार आफैंले नियन्त्रण गर्नुपर्छ । यो सरकारको दायित्वभित्रको कुरा हो । हामीले यसबारे कुनै छलफल गरेको होईन,’– बर्तौलाले भने ।

दुर्गा प्रसाईँजस्ता अराजक तत्वहरुले समाजलाई गलत ढंगतर्फ लान खोजेको उनको दाबी छ । अहिले हुँदै नभएको कुराहरु हो जस्तो पारेर अनेकौं ढंगले भ्रम फैलाउने काम भएको उनले बताए । कपोल्कल्पित, मिथ्या, भ्रामक प्रचार हुँदा पनि सरकार मुकदर्शक बनेको उनको टिप्पणी छ । दुर्गा प्रसाईँजस्ता पात्रका बारेमा एमालले टिप्पणी गर्नु जरुरी नरहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP