मंगलबार , बैसाख २९, २०८३

आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ओलीले प्रसाईंको अराजकताले सिमा नाघेको भन्दै तत्काल एक्शन लिन आफूलाई भनेको कुरा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । हिजो आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरुसँग ओली र आफूबीच गत शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताको ब्रिफिङ गर्ने क्रममा यस्तो खुलासा गरेका हुन् ।

प्रसाईं केही समय पहिलेसम्म एमालेमा सक्रिय थिए । उनलाई अध्यक्ष ओलीले नै पार्टीको केन्द्रीय समितिमा मनोनित गरेका थिए । तर, पछि बैंक तथा वित्तिय संस्थाविरुद्ध आन्दोलन छेडेर पूर्वराजा ज्ञानेन्द्र शाहको शरणमा पुगेपछि एमाले नेतृत्वले प्रसाईंलाई पार्टीबाट निश्काषित गरेको थियो । प्रसाईंले एमाले अध्यक्ष ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने गरेका छन् । पछिल्लो समय केही व्यापारीहरुको भण्डाफोर गर्न प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनस्थलमा नै पुगेर युवा संघका नेता तथा कार्यकर्ताहरुले उनीमाथि मोसो दलेका थिए । त्यसपछि प्रसाईं बिच्किएका छन् ।

अहिले प्रसाईं र एमाले युवा नेता महेश बस्नेत आमनेसामने भएका छन् । प्रसाईं समर्थकहरुको चेतावनीका बावजुद बस्नेतको प्रमुख आतिथ्यतामा झापाको अर्जुनधारामा युवा संघले आफ्नो अधिवेशन सम्पन्न गरेको थियो । त्यस क्रममा प्रसाईं समर्थकहरुले युवा संघका नेता तथा कार्यकर्ताहरुले पार्क गरेर राखेका केही थान गाडी तोडफोडसमेत गरेका थिए ।

सो घट्नालगत्तै युवा संघले प्रसाईंका सबै कार्यक्रम विथोल्ने भनेर सार्वजनिक रुपमै विज्ञप्ती जारी गरेको छ । दसैंको मुखमा प्रसाईंले एमाले नेतृत्व ओलीमाथि कम्बोडियामा झण्डै तीस अर्ब बराबरको टेलिकममा लगानी रहेको आरोप लगाए । उनले ओलीले कम्बोडियामा गरेको लगानीबारे आफूसँग प्रमाण रहेको नै दाबी गरेका छन् । अहिले सामाजिक सञ्जालमा प्रसाईंले ओलीबारे बोलेको ती भिडिओ क्लिपहरु छरपष्ट छन् ।

ओलीविरुद्ध लगाईएको आरोपबारे एमाले नेतृत्व पँक्तिले पनि मुख खोल्न थालेका छन् । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका थिए–‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्रविरुद्ध गम्भीर बनौं।’

ओलीले गत शुक्रबार सिंहदरबारमा भएको प्रधानमन्त्री दाहालसँगको भेटमा प्रसाईंको उक्त अभिव्यक्तिबारे ध्यानाकार्षण गराएका थिए । उनले प्रसाईंलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले पनि अराजकताले सिमा नाघेको भन्दै त्यस्ता व्यक्ति र उनीहरुका गतिविधिलाई सरकारले नियन्त्रणमा लिने आश्वासन दिएका छन् । प्रसाईं भने यतिवेला कामविशेषले भारतमा रहेको बताईएको छ । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP