बुधबार , बैसाख १०, २०८२

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् ।

बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको साटो राम्रो काम गरेर देखाउन आग्रह दलहरूलाई चुनौती दिए ।

उनले अघि भने, ‘यो परिर्वतनको सम्वाहक हौं भन्ने दलहरुले राम्रो गरेर देखाउनुपर्यो । अब (पूर्व)राजालाई गाली गरेर सत्तामा टिकिराख्ने, जनतालाई मुर्ख बनाइराख्ने दिन गयो ।’

जनतामा निराशा पैदा भएको भन्दै उनले तिहार र छठ लगतै पार्टीको बैठक बसेर दबावमुलुक कार्यक्रम ल्याउने बताए ।

लिङ्देन पार्टीसम्वद्ध प्रवासी नेपाली एकता समाजको तेस्रो अधिवेशनमा भाग लिन अमेरिका गएका हुन् ।

नविन राप्रपा कार्ययोजना अन्तरगत संगठन विस्तारलाई तिव्रता दिएको र भूगोल बाहिरको नेपालमा पनि संगठन विस्तार भइरहेको उनले जानकारी दिए । सहमहामन्त्री विजय खड्का, विदेश विभाग प्रमुख आनन्द अधिकारीसहित अमेरिका उडेका राप्रपा अध्यक्ष लिङ्देन २१ गते फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP