
श्रेष्ठको स्वास्थ्य अवस्था बारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङुले शुक्रबार दिउँसो ’ मेडिकल सर्टिफिकेट’ जारी गरेको हो ।
श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।
श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेको र उनको अवस्था स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ ।’तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठलाई गएराति १ बजे हृदयाघात भएको थियो ।
चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।