आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा माओवादी नेतृत्वको बागमती प्रदेश सरकार ढाल्न सत्ता साझेदार नेपाली कांग्रेसकै सांसदहरुले सक्रियता बढाएका छन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढाल्न कांग्रेसको असन्तुष्ट पक्षका नेता र सांसदहरु सक्रिय भएका हुन् ।

बागमती प्रदेश सरकार ढाल्ने विषयमा आज बिहानमात्रै पार्टीका चार सांसद आफूकहाँ आएको महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा जानकारी दिएका छन् ।

‘आज बिहान बागमती प्रदेशका चारजना सांसद मलाई भेट्न आउनुभएको थियो । हाम्रो पक्षका १२, १३ जना सांसद छौं । माओवादीको सरकार ढालौं भन्नुभयो’, प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने , ‘हामी सबैभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौं भन्ने कुरा उहाँहरुको थियो ।’
बागमतीमा नेपाली कांग्रेसका ३८ सांसद छन् । तर सांसदहरूको आग्रहपछि सरकारको विषय आफूलाई थाहा नभएकोले सभापति र वरिष्ठ नेतालाई भन्न सुझाएको थापाले बताए ।

उनले भने, ‘मैले यस्तो कुरा चाहिँ पार्टी सभापति र वरिष्ठ नेतालाई गएर सोध्नुहोला मलाई कम ज्ञान छ भनेको छु । तर, यो सबैतिर आउँछ । कसरी जाने के गर्ने भन्ने टुंगो नभएपछि आउँछ ।’

कोशीमा कांग्रेस नेता शेखर कोइरालाले पार्टीको निर्णयविपरीत गएर एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि त्यसको तरंग अन्य प्रदेशमा देखिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP