मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री कडा रूपमा प्रस्तुत भएकी छन् । कार्यक्रममा सहभागीमध्ये  केही एनआरएनएले आफूहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता चाहिने बताएपछि झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत भएकी हुन् । उसो त एक प्रश्नकर्ताले असहज तरिकाले प्रश्न समेत गरेका थिए ।

ती प्रश्नकर्ताले चर्किँदै गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्ने भन्दै यसो नगरिएर मानवअधिकारको उलङ्घन हुने दाबी गरेका थिए । अन्य अन्य दुई प्रश्नकर्ताले पनि यस्तै आशयको अभिव्यक्ति दिँदै अध्यक्ष कुल आचार्यसमेतलाई आक्षेप लगाउन थालेपछि झाँक्रीले जवाफ दिन सुरु गरिन् ।

बुधबारको नागरिकतासम्बन्धी उक्त छलफलमा सुरुमा झाँक्री नम्र रूपमा प्रस्तुत भए पनि त्यसपछि सम्हालिन सकिनन् । ‘चेयरले नै र्‍यापअप गर्नुहुन्छ भनेर नबोल्ने कुरा गरेका थियौँ । यहाँहरूको जिज्ञासाका लागि धन्यवाद’, उनले बोल्न सुरु गरिन्, ‘मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’

गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा ‘यो औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो’ उनले थपिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकता को कुरा भएपछि हुँदै छ।’ उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन् ।

‘पहिला नेपाली विदेश जान केके हर्क गर्‍यौँ । त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्‍यौँ ?’, उनले प्रश्न गरिन् । नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्‍यौँ । अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’

उनले नेपालमा आएर नागरिकताबारे ठुला कुरा गरेको सुहाउने भन्दै आक्रोश पोखिन् ।  त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन् ।

उनले हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै एनआरएनएहरुलाई राजनीतिक अधिकारसहितको गैरआवासीय नागरिकता दिएको बताइन् । ‘साथीहरु कान खोलेर सुन्नुस्, तपाईँहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर हुनसक्छ । मानवअधिकार विश्वप्यापी हुन्छ । तपाईँहरुलाई सिटजनको अधिकार दिएको होइन । गैरआवासीय नागरिकता दिएको हो ।’

उनले पहिला खुसीले नागरिकता त्याग्ने पनि अहिले ठुला कुरा गर्ने भन्दै आक्रोश समेत पोखिन् ।  त्यसपछि केहीबेर तनावको अवस्था बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP