आइतबार , भाद्र १४, २०८३

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट नेकपा एमालेलाई बाहिर धकेल्ने प्रयास शुरु गरेको छ । मुख्यमन्त्री केदार कार्कीले एमालेको साथसहित विश्वासको मत पाए लगत्तै माओवादीले यस्तो गतिविधि थालेको हो । माओवादीका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताए ।

बुधबार मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुुरा गर्दै आङ्बोले एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको टिप्पणी गरे

‘त्यसैले एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्’, उनले भने । मुख्यमन्त्री केदार कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको भन्दै उनले आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको बताए ।
माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा रहँदा अहिलेका मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनको भावना अनुसार सरकारबाट बाहिरिन आफूहरुलाई आग्रह गरेको नेता आङ्बोले स्मरण गरे । कांग्रेसका आठ जना सांसदसहित एमालेको साथ लिएर केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । र, सत्तागठबन्धनले एमालेलाई बाहिर  पठाउने गतिविधि थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP