आइतबार , बैसाख २१, २०८२

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाएका छन् ।

प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् ।संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सा‌ंसदले विपक्षमा मतदान गरे  । राप्रपाका एक सांसद भने अनुपस्थित रहे ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गरेकी थिइन् ।
कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा निर्वाचन भएको नौ महिनाको अवधिमै संविधानले व्यवस्था गरेका चार वटै उपधाराको प्रयोग भएको छ भने उपधारा ५ बमोजिमको सरकार गठनमा कांग्रेस र सत्ता गठबन्धनमा विद्रोहका बाबजुद नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका छन् ।

योसँगै संघ र सात वटै प्रदेशमा विपक्षमा रहेको एमाले कोशी प्रदेशमा सरकारमा सामेल भएको छ । कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । तर, कांग्रेसका कार्कीसहित ८ सांसदले विद्रोह गरेर एमाले सांसदको सहयोगमा मुख्यमन्त्री दाबी गरेपछि गठबन्धनले आङ्बोको दाबी फिर्ता गराएर कार्कीलाई नै सहयोग गरेको थियो ।मुख्यमन्त्री कार्कीले पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमै एमालेलाई सामेल गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP