मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेलाई भोट किन दिने भनेर अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गरेका छन ।

मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै  लामिछानेले सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय काार्यलय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ?  भन्ने अभिव्यक्ति दिएकोमा प्रतिवाद गरेका हुन् ।  जनताको चेतनालाई चुनौती नदिन लामिछानेले चेतावनी दिएका छन् ।

ओलीको अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने ?  तपाईकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहीँ कस्ता ?  भन्ने प्रश्न गरे।

‘अहिले कस्ता पनि टिप्पणी सुनिन्छन् भने जनता पनि कस्तारु यो नयाँ दलको नीति, विचार केही पनि छैन। सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ। तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौति दिएको मैले यदाकदा सुन्ने गरेको छु,’ उनले भने, ‘हामीलाई माया गर्ने सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदाअझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईंकै नेतालाई भोट हालिरहनेरु ती भोटर चाहीँ कस्तारु यो प्रश्न मैले गर्न चाहन्छु।’

सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए। ‘आम जनताले एउटा आशा र अपेक्षासहित नयाँ मानिसलाई हेरौँ न भनेर हामीलाई ह्वारह्वार्ति भोट दिएको पनि होइन। उपनिर्वाचनबाट २१ सिट पुर्याउँदा त हौँ नि। जनताको चेतनालाई चुनौति दिने हाम्रो हैसियत पनि छैन,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP