
दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।निर्वाचन आयोगले साह पदमुक्त भएको सूचनामार्फत् जानकारी दिएको छ। साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन र उनी आम जनता पार्टीमा लागेकी छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।स्थानीय तहको निर्वाचनमा गठबन्धनका उमेदवार रामप्रवेश यादवलाई दोब्बर मतान्तरले पछि पार्दै साह मौलापुर नगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी थिइन्। साहले ५५५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४५ सय २ मत प्राप्त गरेका थिए।
