मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त भएकी छन्। ३० वैशाख २०७९मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर जितेकी साहले एमाले परित्याग गरेपछि उनी पदमुक्त भएकी हुन्।

दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।निर्वाचन आयोगले साह पदमुक्त भएको सूचनामार्फत् जानकारी दिएको छ। साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन र उनी आम जनता पार्टीमा लागेकी छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।स्थानीय तहको निर्वाचनमा गठबन्धनका उमेदवार रामप्रवेश यादवलाई दोब्बर मतान्तरले पछि पार्दै साह मौलापुर नगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी थिइन्।  साहले ५५५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४५ सय २ मत प्राप्त गरेका थिए।

ec.png

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP