
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ।
जिल्लाको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाएका हुन्।
व्याख्यात्मक टिप्पणीको नाममा ‘राष्ट्रघाती एमसीसी सम्झौता’ पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टी मोहन वैद्य नेतृत्वको पार्टी हो ।