
काठमाडौं । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–३ मा आइतबार विहान ट्रक पार्किङ गरेर राखेको स्थानमा महिलाको सामूहिक बलात्कार भएको हो ।
बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्षका किशोर पनि सहचालक नै हुन् । महिलाले प्रतिकार गरेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरी पुगेको थियो । प्रहरीले घटनास्थलबाट महिलाको उद्धार गर्दै तीन जनालाई पक्राउ गरेको हो ।