शनिबार , भाद्र १३, २०८३

डाक्टर एपिजे अब्दुल कलाम फाउन्डेसनले अष्ट्रेलियालाई कर्मथलो बनाउदै आउनुभएकी सामाजिक अभियन्ता एवं व्यवसायी रन्जु वाग्ले थापालाई एपिजे अब्दुल कलाम अन्ताराष्ट्रिय पुरस्कार २०२३ वाट पुरस्कृत गरेको छ।

भारतका पूर्व राष्ट्रपति एवं बैज्ञानिक डाक्टर अब्दुल कलामको नाममा स्थापित फाउन्डेसनले डा कलामको ९२ औ जन्मजयन्तीका अवसरमा शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा पुर्याएको विशेष योगदानको उच्च कदर स्वरूप गरिममामय अन्तराष्ट्रिय अवार्ड दिने निर्णय गरेको थियो।

भारतको वेस्ट बंगाल राज्यमा आइतबार आयोजित विशेष समारोहमा नेपालका प्रथम, पूर्व उपराष्ट्रपति परमानन्द झावाट थापालाई सो पुरस्कार हस्तान्तरण गरिएको छ ।

आफु पुरस्कृत हुने खवर पाए लगत्तै भारत पुग्नुभएकी पुरस्कृत रन्जु थापालाई आयोजकले कार्यक्रमस्थलमा बैण्डबाजा र फुलमालाले स्वागत गरेका थिए ।

आफुले विश्वविख्यात व्यक्तित्वका नाममा स्थापित प्रतिष्ठित पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै सामाजिक क्षेत्रमा निरन्तर अघि बढ्ने उर्जा समेत प्राप्त भएको पुरस्कृत रन्जु वाग्ले थापाले एएनजेड खबरलाई बताउनुभयो ।
फाउन्डेसनले अन्तराष्ट्रिय सम्मानवाट १० मुलुक १६ जनालाई पुरस्कृत गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP