बुधबार , असार ४, २०८२

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले पनि कोशीबाट ८ सीटेको पछि लाग्न सुरु भएको ब्यंग्य गरेका छन् ।

केहिदिन अघि एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस ८९ सीट भएर पनि ३२ सिट रहेको माओवादी केन्द्रलाई सत्ता सुम्पिएको भन्दै कटाक्ष गरका थिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शर्माले ओलीको उक्त अभिव्यक्तिको जवाफ फर्काएका हुन् ।

ओलीले दिएको उक्त अभिव्यक्तिको जवाफ फर्काउँदै महामन्त्री शर्माले भने, ‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर। हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ। पुस १० गते उहाँले बनाउनुभयो। आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’

शनिबार एमालेका ३९ सांसद्को समर्थनमा कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त भएका छन् । उनी केन्द्रीय सत्ता गठबन्धनलाई चूनौति दिँदै मुख्यमन्त्री बनेपछि कांग्रेसको संस्थापन पक्ष मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेको पनि आलोचनामा उत्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP