आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशको समस्यालाई सेफ ल्याण्डिङ गरिएको स्पष्ट पारेका छन् । उनले एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका केदारी कार्की अब गठबन्धनको पनि मुख्यमन्त्री भएको बताए । आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कोशी सरकारको समस्या समाधान गरिएको बताएका हुन् । सो क्रममा उनले भने–
‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ ।’

प्रधानमन्त्री दाहालले आज विहानमात्रै आफू, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धन बलियो बनाउनेबारे सहमति भएको स्पष्ट पारे । सहमतिबारे उनले सुनाए,‘बिहानमात्रै कांग्रेस सभापति शेरबहादुरजी, म आफैं र शेखरबीचमा एउटा समझदारी बनाएका छौं। हामी गठबन्धनलाई बलियो बनाउनेमा दृढ र स्पष्ट छौं। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउन दिइनेछैन ।’ प्रधानमन्त्री दाहालले कोशीमा तत्काल सर्वपक्षीय सरकार नबन्ने पनि दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP