बुधबार , भाद्र १७, २०८३

विराटनगर । ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।

इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनीहरू इलामस्थित घर आज आइपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताइन् ।
उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।
नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको र टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो ।
 बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको त्यहाँका संचारमाध्यामहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP