सोमबार , बैसाख २२, २०८२

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज (शनिबार) सांसदहरुको सनाखत गरिदैंछ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन्। प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन्।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार सूचना जारी गर्दै दुबै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन आग्रह गरेको छ।

मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।

तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन्।

नयाँ मुख्यमन्त्री नियुक्तको विषयमा कांग्रेसमा दुई धार देखिएपछि कोशीको सत्ता राजनीति जटिल मोडमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP