बुधबार , भाद्र १७, २०८३
काठमाडौं । इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टाईनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ छोडेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न र ठाउँ खालि गर्न भनेको हो । इजरायली सेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नु पर्ने छ । जुन गाजापट्टीको आधा जनसंख्या हो ।गाजाको  जनसंख्या २३ लाख छ ।
सेनाको यो निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् ।महिला तथा केटाकेटीहरू सक्ने जति सामान बोकेर गाजाको सडकमा निस्किएको तस्वीर तथा भिडियोहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन प्रसारण भएका छन् ।
गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ । हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन् । जसमा इजरायली र केही विदेशी नागरिक छन् । मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरु पनि रहेको बिबिसीले जनाएको छ । इजरायलले हमास लक्षित गरि गरेको कारबाहीमा भने १ हजार ५०० जना प्यालेस्टायनी नागरिक मारिएका छन् ।
इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उत्तरी गाजा छोड्न आदेश दिएको हो ।
सन् २००७ देखि गाजामा शासन गरेको हमासले भने आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टिनीहरूलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ ।
इजरायली सेनाको आदेशले यस अघिदेखि नै इजराइली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP