बुधबार , भाद्र १७, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या सूचनाले देश, जनता र व्यवस्थालाई नोक्सान पुर्याउने भन्दै सचेत रहन पत्रकारहरुलाई आग्रह गरेका छन् । शीतलनिवासमा पत्रकारसँगको भेटघाटमा राष्ट्रपतिले मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौति हो किनकी अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । ’ पत्रकारलाई सम्बोधन गर्दै उनले भने, ‘यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्‍याउन सक्नेतर्फ सचेत हुन म तपाईहरूलाई आग्रह गर्दछु । ’

पत्रकारिता क्षेत्रले पेशागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको  स्मरण गर्दै उनले व्यवस्था बचाउन र शान्ति तथा विकासका लागि थप काम गर्ने पनि अपेक्षा गरे ।

‘पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ हो । विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदाँ आफ्नो पेशागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको छ । ’ राष्ट्रपति पौडेलले भने, ‘यस्तो अवस्थामा पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी हामीले लामो संघर्ष र वलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनेनैछ भन्ने मलाई विश्वास छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP