सोमबार , बैसाख २२, २०८२

काठमाडौं । इजरायलबाट २ सय ५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो ।आफ्ना नागरिकको उद्दार सुरु गर्ने क्रममा सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।

स्वदेश आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले  आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने जानकारी दिए । उनले नियमित फ्लाईटहरु मार्फत् पनि ल्याइने जानकारी दिए । ‘रेगुलर फ्लाईटबाट भएपनि नेपालीलाई देश फिर्ता गरिनेछ। परिवारले चिन्ता लिनु पर्दैन। सरकार समर्पित भएर लागेको छ’ उनले भने । ५०३ जनाले आउन आवेदन दिएकोमा अहिले २५४ जनालाई ल्याइएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

 

israel-uddar.jpg

यो पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी स्वदेश आएका हुन् ।

आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

NP_saud_airport.jpg

मन्त्री साउदले इजरायलमा रहेका नेपालीको उद्दारका लागि आवश्यका अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहाेर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको बताउँदै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’

isreal_uddhar_1.jpg

परराष्ट्रमन्त्री साउदले नेपालीलाई सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए । आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP