बुधबार , भाद्र १७, २०८३

बारा । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो।भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरुलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय यूवक पालबाट बालिकाहरूलाई उद्दार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाईएको हो।

गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरि ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए। बालिकाहरुको फोटो सहित प्राप्त सुचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराहन्न विरगजंमा बालिकाहरु फेला परेका थिए।

प्रहरीको विषेश टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरु फेला परेका हन्। बालिकाहरुलाई भारत लैजान खोज्ने भारतीय यूवक प्रक्राउ गरी उनीमाथी अनुसन्धान कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP