
काठमाडौं । गृह मन्त्रालयले चारजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका सीडीओको सरुवा गरेका हुन् ।
जसमा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाही, सर्लाहीका इन्द्रदेव यादवलाई इलाम, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको सीडीओ बनाइएको छ ।
यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।