आइतबार , जेठ २६, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले नपेल्न र निजी क्षेत्रमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन ।

दिए ।अर्थतन्त्र संकटतर्फ धकेलिएको अवस्थामा बजेट, मौद्रिक नीति जस्ता राज्यको नीतिहरु व्यवसायी मैत्री नभएको अध्यक्ष ढकालले बताए ।

‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको विदितै छ । उच्च मूल्यवृद्धि छ,’ उनले भने, ‘निजी क्षेत्रमैत्री वातावरण होस् । हामीले समयमा सही नीति लिन सकेनौं र टालटुले ढंगले गयौं भने धेरै असजिलो अवस्थामा जान्छौं ।’

अर्थतन्त्रको सुधारका लागि कदम चालेको भन्दै नीति ल्याउने तर उद्योगी व्यवसायीलाई घुमाउरो ढंगबाट लखेट्ने काम भएको अध्यक्ष ढकालले गुनासो गरे । ‘अर्थतन्त्र समस्यामा छ तर राज्य अनेक ढंगबाट निजी क्षेत्रलाई लखेट्ने काम भइरहेको छ,’ अध्यक्ष ढकालले प्रश्न गरे, ‘यसरी गएर कहाँ पुगिन्छ ? ’

संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति पनि ढकालले आपत्ति जनाए । ‘प्रधानमन्त्रीको निर्देशनमा रोकिएको यो विषय पुनः छलफलमा आएपछि  हामी झस्किएका छौं’ अध्यक्ष ढकालले भने । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको उनले आरोप लगाए ।

आफूहरुले सरकारलाई दिने सुझाव कुनै व्यक्ति विशेष वा संस्थाको लागि नभई समग्र निजी क्षेत्रको भएकोतर्फ पनि उनले ध्यानाकर्षण गरे । तर सरकारले गर्ने व्यवहार व्यक्ति विशेषलाई पेलेर जाने खालको भएको उनको गुनासो छ । ‘हामीले सरकारलाई दिने सुझाव समग्र निजी क्षेत्रको हो, कुनै व्यक्ति वा संस्थाको होइन,’ ढकालले भने, ‘तर कतिपय नियामक निकायबाट व्यक्ति विशेषलाई पेलेर डिसिजन हुने गरेको छ । यो निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण छ ।’

एउटा कर्जा कालो सूचीमा परे सहकार्यका सबै व्यवसाय ब्ल्याकलिष्टमा पर्ने प्रावधान गलत भएको  पनि उनले बताए ।

आर्थिक सुधारका लागि तत्काल नयाँ पुस्ताको आर्थिक सुधार घोषणा गर्न र आर्थिक सुधार आयोग वा संयन्त्र घोषाणा गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु