बुधबार , भाद्र १७, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले नपेल्न र निजी क्षेत्रमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन ।

दिए ।अर्थतन्त्र संकटतर्फ धकेलिएको अवस्थामा बजेट, मौद्रिक नीति जस्ता राज्यको नीतिहरु व्यवसायी मैत्री नभएको अध्यक्ष ढकालले बताए ।

‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको विदितै छ । उच्च मूल्यवृद्धि छ,’ उनले भने, ‘निजी क्षेत्रमैत्री वातावरण होस् । हामीले समयमा सही नीति लिन सकेनौं र टालटुले ढंगले गयौं भने धेरै असजिलो अवस्थामा जान्छौं ।’

अर्थतन्त्रको सुधारका लागि कदम चालेको भन्दै नीति ल्याउने तर उद्योगी व्यवसायीलाई घुमाउरो ढंगबाट लखेट्ने काम भएको अध्यक्ष ढकालले गुनासो गरे । ‘अर्थतन्त्र समस्यामा छ तर राज्य अनेक ढंगबाट निजी क्षेत्रलाई लखेट्ने काम भइरहेको छ,’ अध्यक्ष ढकालले प्रश्न गरे, ‘यसरी गएर कहाँ पुगिन्छ ? ’

संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति पनि ढकालले आपत्ति जनाए । ‘प्रधानमन्त्रीको निर्देशनमा रोकिएको यो विषय पुनः छलफलमा आएपछि  हामी झस्किएका छौं’ अध्यक्ष ढकालले भने । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको उनले आरोप लगाए ।

आफूहरुले सरकारलाई दिने सुझाव कुनै व्यक्ति विशेष वा संस्थाको लागि नभई समग्र निजी क्षेत्रको भएकोतर्फ पनि उनले ध्यानाकर्षण गरे । तर सरकारले गर्ने व्यवहार व्यक्ति विशेषलाई पेलेर जाने खालको भएको उनको गुनासो छ । ‘हामीले सरकारलाई दिने सुझाव समग्र निजी क्षेत्रको हो, कुनै व्यक्ति वा संस्थाको होइन,’ ढकालले भने, ‘तर कतिपय नियामक निकायबाट व्यक्ति विशेषलाई पेलेर डिसिजन हुने गरेको छ । यो निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण छ ।’

एउटा कर्जा कालो सूचीमा परे सहकार्यका सबै व्यवसाय ब्ल्याकलिष्टमा पर्ने प्रावधान गलत भएको  पनि उनले बताए ।

आर्थिक सुधारका लागि तत्काल नयाँ पुस्ताको आर्थिक सुधार घोषणा गर्न र आर्थिक सुधार आयोग वा संयन्त्र घोषाणा गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP