बुधबार , भाद्र १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले अख्तियार प्रमुख  प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।

बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा प्रतिनिधिसभा सदस्य लामिछानेले वाइडबडी विमान खरिद प्रकरण, लडाकु शिविर अनियमितता, ओम्नीलगायत चर्चामा रहेका ठूला प्रकरणबारे प्रमुख आयुक्तसँग जवाफ मागेका हुन् । छलफलका क्रममा लामिछानेले राइसँग कयौं प्रश्न गरे ।

‘लडाकु शिविर घोटाला छानबिन कता पुग्यो ? टुंगियो कि, कहाँ छ ? वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो ? वाइडबडीमा घोटाला भएको लेखा समितिले निष्कर्ष निकालेर कारबाही गर्न सिफारिस गरेको थियो । यती लिजमा दिएको कहाँ पुग्यो ? ओम्नी फाइल क्लोज भयो कि ? के भयो ? लामिछानेले राईलाई सोधे ।

लामिछानेले एन्फाका तत्कालीन अध्यक्षले गरेको अनियमितताबारे अख्तियारले किन अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भनेरसमेत प्रश्न गरे । ‘तत्कालीन एन्फाका अध्यक्षले भ्रष्टाचार गरेको विदेशीले देख्ने ? हामीले नदेख्ने ?’लामिछानेले भने, मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय अख्तियारले हेर्नपर्छ । तपाईंहरूलाई कसैले छेकेको बाँधेको हो कि ? डर मानेको हो कि ?

त्यस्तै उनले दुई तिहाई मुद्दामा अख्तियार असफल भएको पनि टिप्पणी गरे । ‘विगत ५ वर्षमा मुद्दा दर्ताको नाजुक अवस्था छ । मुद्दा दर्ताको संख्या घटेको छ । डर भएर रहेको हो ? जसको पहुँच छैन उसलाई डर । खोइ त ठूला माछा ?’ उनले अख्तियार प्रमुख राइलाई सोधे  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP