आइतबार , भाद्र १४, २०८३

काठमाडौं ।  नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।

थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।

सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेको बताए । दलका नेता थापा र सांसद पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् ।तर देउवाले कांग्रेसले पाए दलका नेता उद्धव थापा नै कोशीको मुख्यमन्त्री हुने बताएका छन् ।

देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताए। गठबन्धनमा सहभागि हुनका लागि राप्रपा सकारात्मक देखिएको देउवाले जवाफ दिएको उनले बताए । पराजुली विराटनगरका पूर्व मेयर हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेश गर्नका लागि ४७ जना सांसदको हस्ताक्षर नै चाहिन्छ ।

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP