
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सुझाएको हो ।विरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।
पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले राय सहितको प्रतिवेदन बुझाएको हो ।
विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करीको अभियोगमा सीआईबीले राहुललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।