
काठमाडौं । दाङको तुलसीपुरमा श्रीमान्- श्रीमती मृत फेला परेका छन् ।
तुलसीपुर–९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका–१२ की २१ वर्षिया पवित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
सुशील झुण्डीएको र पवित्रा टाउकोमा चोट लागेको अवस्थामा बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाको प्रकृति र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने अनुमान छ ।