सोमबार , बैसाख २२, २०८२

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । गत भदौ २२ गते मुख्यमन्त्री बनेका उनले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए।

तर, प्रदेशसभाबाट विश्वासको मत पाउने वातावरण नबनेपछि पदबाट राजीनामा दिने तयारी गरेका हुन्। एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनसार मुख्यमन्त्रीले केहीबेरमा राजीनामा दिने तयारी गरेका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनकाका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सुरु भएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।

तर, मुख्यमन्त्रीले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने टुंगो लाग्न समय लागेपछि बैठक निर्धारित समयभन्दा ढिलो सुरु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP