आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल आज (शनिबार) विहानैदेखि सक्रिय भएका छन् । संक्रमणकालिन न्याय टुँगो लगाउने विषयमा प्रधानमन्त्री दाहालले आफूलाई सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालले आज एकै समय पारेर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ता भने छुट्टाछुट्टै भएको जनाईएको छ । एमाले अध्यक्ष ओलीले भने समसामयिक विषयमा पनि छलफल गरेका थिए । उनले कोशी प्रदेशमा आफ्नो पार्टीका नेता हिक्कमत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन पनि प्रधानमन्त्री दाहालसमक्ष प्रस्ताव राखेको बुझिएको छ । यसका अलावा दुई नेताबीच संक्रमणकालिन न्यायसम्बन्धी विषय टुँगो लगाउनेबारे छलफल भएको बताईएको छ ।

उता, माधव नेपालले भने प्रधानमन्त्री दाहालसँगको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् । खासगरी अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको उनको प्रतिक्रिया थियो । कतिपयले भने प्रधानमन्त्री दाहाल, ओली र माधव नेपालबीचको भेटवार्तालाई भने कोशी प्रदेशको सरकारको स्थायित्वको लागि सहकार्यको लागि पहलकदमीको रुपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP