मंगलबार , बैसाख २९, २०८३

रूपन्देही । लुम्बिनीलाई विश्वमा चिनाउन प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको ‘लोरेट एण्ड लिडर’ सम्मेलन आउदो फागुनमा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्रिपरिषद् बैठकले फागुन महिनामा बुद्व जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्ने र यसका लागि नेपाल सरकारसँग समन्वय गर्ने निर्णय गरेको प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

सम्मेलनमा नोबेल पुरस्कार विजेताहरुका साथै शक्ति राष्ट्रका राजकुमार, पूर्व प्रमुखहरुलाई सहभागी गराउने तयारी छ । यो सम्मेलनबाट प्रदेशको पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक पर्षमा ६ करोड ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताहरुको सहभागितामा अन्तर्राष्ट्रियस्तरको उक्त कार्यक्रम गर्न बजेटको समेत व्यवस्थापन गरिएको हो ।
लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लोरेट एण्ड लिडर कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा कार्यक्रम गरिने नीति कार्यक्रममा समावेश गरिएको थियो । लुम्बिनीमा अन्तराष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापना गरिने उल्लेख थियो ।

नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले करार कर्मचारीको व्यवस्थापन गर्न बनेको कार्यविधि २०८० लाई पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP