सोमबार , बैसाख २२, २०८२

विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।

खेल आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।

लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ।

यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेलमा जित निकालेको थियो भने दुई खेल बराबारी भएको थियो।

नेपालले लाओसविरूद्ध होम र अवे गरी दुईवटा खेल खेल्ने छ।

दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुने छ।

लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ। दोस्रो चरणमा नेपालले युएई, बहराइन र यमन र श्रीलंकाबीचको विजयी टोलीसँग खेल्ने छ।

लाओसविरूद्धको खेलका लागि अहिले २५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको सम्पूर्ण तयारी अगाडि बढाइएको जनाएको छ। खेल हेर्नका लागि साधारण पारापिटतर्फ ३ सय र भिआइपी पारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP