बुधबार , भाद्र १७, २०८३

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी  अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको हो ।

५१ वर्षीया नरगिसलाई इरान सरकारले तेहरानस्थित  इभिन कारागारमा राखेको छ । लामो समय पत्रकारका रुपमा काम गरेकी नरगिसले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।

नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बन्दै गएकी थिईन् । पटक-पटक विभिन्न मुद्दामा जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।

नरगिसलाई १० वर्ष ९ महिना जेल सजषा सुनाइएको छ । त्यस्तै उनीविरुद्ध १५४ कोर्राको पनि सजाय सुनाइएको थियो तर मानवअधिकार समूहका अनुसार भने त्यो सजाय अहिलेसम्म दिइएको छैन । त्यस्तै उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ ।

नोबेल पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP