बुधबार , भाद्र १७, २०८३

काठमाडौँ । पछिल्लो १२ दिनको अवधिमा काठमाडौँमा ६०० जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । अहिलेको समयदेखि कात्तिक मसान्तसम्म काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

काठमाडौँमा १२ दिनअघि १२१ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई साता नपुग्दै ६ सय जना थपिएर सङ्क्रमित ७२१ पुगेका हुन् । विगतका भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा उच्च जोखिम भने कायमै रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ । काठमाडौँमा यसअघि सङ्क्रमण दर धरानमाझैँ उच्च नभए पनि अब कात्तिक मसान्तसम्म जोखिम उच्च रहेको तथा पुससम्मै फाट्टफुट्ट डेंगु सार्ने लामखुट्टे देखिइरहने उनले बताए ।

पछिल्लो समय काठमाडौँका अन्य ठाउँको तुलनामा कालिमाटी, कलङ्की एरियाबाट डेंगुका बिरामी टेकु अस्पतालमा उपचारका लागि बढी आइरहेको उनले जनाए । ‘डेंगु फैलियो भने कुनै एउटा ठाउँ अर्थात् पकेट एरियामा तीव्र गतिमा फैलिन सक्छ । विगतमा पनि काठमाडौैँमा सीमित स्थानमा डेंगु आउटब्रेक भएको थियो । अबका दिनमा सोही खालको रिक्स कायम छ ।’ उनले भने ।

गएको आठ महिनायता ३४ हजार ८७९ जना सङ्क्रमित भएका छन्  । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडालाई केलाउँदा प्रत्येक दिन २०० नयाँ सङ्क्रमित थपिरहँदा २० जनाको ज्यान गएको ईडीसीडीले जनाएको छ ।

डेंगु केश हाल ७६ जिल्लामा पुष्टि भइसकेको छ । नेपालमा डेंगुले थप तीन महिनासम्म सम्म सताउने भएकाले सजग रहन विज्ञहरूले सुझाएका छन् ।

कुन प्रदेशमा बढी सङ्क्रमित ?

सात प्रदेशमध्ये सबैभन्दा बढी कोशीमा प्रदेशमा डेंगु सङ्क्रमण देखिएको ईडीसीडीको आँकडाले देखाएको छ । यस प्रदेशमा २३ हजार ५८३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गएको सातामात्रै त्यहाँ २ हजार ६११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस क्रममा २ असोजदेखि ६ गतेको अवधिमा ५६७ जना सङ्क्रमित भएका थिए । त्यस्तै, ७ गते ५०५, असोज ८ गते ५१८, ९ र १० गते ८५५ जना सङ्क्रमित भएका थिए । ११ र १२ गतेको अवधिमा १४० सङ्क्रमित भएका थिए भने असोज १४ गतेसम्म थप ३७ जना सङ्क्रमित भएका छन् ।

यस्तै, कोशी प्रदेशपछि बाग्मती प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । बागमती प्रदेशमा ४ हजार ७२२ जना सङ्क्रमित भएका छन् । यस्तै, यहाँ गएको एक साताको अवधिमा ४६० जना सङ्क्रमित भएका छन् ।

बाग्मतीमा गएको १३ दिनको अवधिमा २ असोजमा २१, असोज २ गतेदेखि ६ गतेको अवधिमा ९० जना सङ्क्रमित भएका थिए । ७ गते ५७, असोज ८ गते ८८ तथा ९ र १० गते ८० जना सङ्क्रमित भएका थिए । ११ र १२ गतेको अवधिमा ८९ सङ्क्रमित भएका थिए भने असोज १४ गतेसम्म थप ३५ जना सङ्क्रमित भएका छन् ।

उता, गण्डकी प्रदेश बढी सङ्क्रमित हुने प्रदेशमा तेस्रोमा पर्छ । यस प्रदेशमा प्रदेशमा ४ हजार २८४  केस पुष्टि  भएको छ ।

गएको एक साताको अवधिमा २ हजार ९८९ सङ्क्रमित भएका छन् । २ असोजमा १, असोज २ गतेदेखि ६ गतेको अवधिमा ९६ जना सङ्क्रमित भएका थिए । ७ गते ९५, असोज ८ गते ७८८ तथा ९ र १० गते १०१९ जना सङ्क्रमित भएका थिए । यस्तै, ११ र १२ गतेको अवधिमा ५२ सङ्क्रमित भएका थिए भने असोज १४ गतेसम्म थप ९३८ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी, सुदूरपश्चिममा १ हजार ४ केस पुष्टि भएको छ भने क्रमशः  ५९७ लुम्बिनी प्रदेश, ५७४ मधेस प्रदेश र कर्णाली प्रदेशमा ११५ केश पुष्टि भएको छ ।

धेरै सङ्क्रमित तीन जिल्ला

७७ जिल्लामध्ये सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित छन् । त्यसपछि दोस्रोमा धादिङ जिल्ला र तेस्रोमा तनहुँ जिल्ला रहेको छ ।

ईडीसीडीका अनुसार आँकडाअनुसार सुनसरीमा हालसम्म १६ हजार ६७ जनामा केश पुष्टि भएको छ । धादिङमा ३ हजार ११४ जना हालसम्म सङ्क्रमित भएका छन् भने तनहुँमा ३ हजार ११२ केस पुष्टि भएको छ  ।

उता सुनसरीसँग जोडिएको मोरङ जिल्लामा २ हजार २६८ जना सङ्क्रमित भएका छन् ।

यस्तै, क्रमशः ७२१ कास्की, ७२१ काठमाडौँ, ४९३ सङ्खुवासभा, ४५४ कैलाली र ४३९ धनकुटामा सङ्क्रमित भएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP