सोमबार , बैसाख २२, २०८२

काठमाडौँ । पछिल्लो १२ दिनको अवधिमा काठमाडौँमा ६०० जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । अहिलेको समयदेखि कात्तिक मसान्तसम्म काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

काठमाडौँमा १२ दिनअघि १२१ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई साता नपुग्दै ६ सय जना थपिएर सङ्क्रमित ७२१ पुगेका हुन् । विगतका भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा उच्च जोखिम भने कायमै रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ । काठमाडौँमा यसअघि सङ्क्रमण दर धरानमाझैँ उच्च नभए पनि अब कात्तिक मसान्तसम्म जोखिम उच्च रहेको तथा पुससम्मै फाट्टफुट्ट डेंगु सार्ने लामखुट्टे देखिइरहने उनले बताए ।

पछिल्लो समय काठमाडौँका अन्य ठाउँको तुलनामा कालिमाटी, कलङ्की एरियाबाट डेंगुका बिरामी टेकु अस्पतालमा उपचारका लागि बढी आइरहेको उनले जनाए । ‘डेंगु फैलियो भने कुनै एउटा ठाउँ अर्थात् पकेट एरियामा तीव्र गतिमा फैलिन सक्छ । विगतमा पनि काठमाडौैँमा सीमित स्थानमा डेंगु आउटब्रेक भएको थियो । अबका दिनमा सोही खालको रिक्स कायम छ ।’ उनले भने ।

गएको आठ महिनायता ३४ हजार ८७९ जना सङ्क्रमित भएका छन्  । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडालाई केलाउँदा प्रत्येक दिन २०० नयाँ सङ्क्रमित थपिरहँदा २० जनाको ज्यान गएको ईडीसीडीले जनाएको छ ।

डेंगु केश हाल ७६ जिल्लामा पुष्टि भइसकेको छ । नेपालमा डेंगुले थप तीन महिनासम्म सम्म सताउने भएकाले सजग रहन विज्ञहरूले सुझाएका छन् ।

कुन प्रदेशमा बढी सङ्क्रमित ?

सात प्रदेशमध्ये सबैभन्दा बढी कोशीमा प्रदेशमा डेंगु सङ्क्रमण देखिएको ईडीसीडीको आँकडाले देखाएको छ । यस प्रदेशमा २३ हजार ५८३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गएको सातामात्रै त्यहाँ २ हजार ६११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस क्रममा २ असोजदेखि ६ गतेको अवधिमा ५६७ जना सङ्क्रमित भएका थिए । त्यस्तै, ७ गते ५०५, असोज ८ गते ५१८, ९ र १० गते ८५५ जना सङ्क्रमित भएका थिए । ११ र १२ गतेको अवधिमा १४० सङ्क्रमित भएका थिए भने असोज १४ गतेसम्म थप ३७ जना सङ्क्रमित भएका छन् ।

यस्तै, कोशी प्रदेशपछि बाग्मती प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । बागमती प्रदेशमा ४ हजार ७२२ जना सङ्क्रमित भएका छन् । यस्तै, यहाँ गएको एक साताको अवधिमा ४६० जना सङ्क्रमित भएका छन् ।

बाग्मतीमा गएको १३ दिनको अवधिमा २ असोजमा २१, असोज २ गतेदेखि ६ गतेको अवधिमा ९० जना सङ्क्रमित भएका थिए । ७ गते ५७, असोज ८ गते ८८ तथा ९ र १० गते ८० जना सङ्क्रमित भएका थिए । ११ र १२ गतेको अवधिमा ८९ सङ्क्रमित भएका थिए भने असोज १४ गतेसम्म थप ३५ जना सङ्क्रमित भएका छन् ।

उता, गण्डकी प्रदेश बढी सङ्क्रमित हुने प्रदेशमा तेस्रोमा पर्छ । यस प्रदेशमा प्रदेशमा ४ हजार २८४  केस पुष्टि  भएको छ ।

गएको एक साताको अवधिमा २ हजार ९८९ सङ्क्रमित भएका छन् । २ असोजमा १, असोज २ गतेदेखि ६ गतेको अवधिमा ९६ जना सङ्क्रमित भएका थिए । ७ गते ९५, असोज ८ गते ७८८ तथा ९ र १० गते १०१९ जना सङ्क्रमित भएका थिए । यस्तै, ११ र १२ गतेको अवधिमा ५२ सङ्क्रमित भएका थिए भने असोज १४ गतेसम्म थप ९३८ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी, सुदूरपश्चिममा १ हजार ४ केस पुष्टि भएको छ भने क्रमशः  ५९७ लुम्बिनी प्रदेश, ५७४ मधेस प्रदेश र कर्णाली प्रदेशमा ११५ केश पुष्टि भएको छ ।

धेरै सङ्क्रमित तीन जिल्ला

७७ जिल्लामध्ये सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित छन् । त्यसपछि दोस्रोमा धादिङ जिल्ला र तेस्रोमा तनहुँ जिल्ला रहेको छ ।

ईडीसीडीका अनुसार आँकडाअनुसार सुनसरीमा हालसम्म १६ हजार ६७ जनामा केश पुष्टि भएको छ । धादिङमा ३ हजार ११४ जना हालसम्म सङ्क्रमित भएका छन् भने तनहुँमा ३ हजार ११२ केस पुष्टि भएको छ  ।

उता सुनसरीसँग जोडिएको मोरङ जिल्लामा २ हजार २६८ जना सङ्क्रमित भएका छन् ।

यस्तै, क्रमशः ७२१ कास्की, ७२१ काठमाडौँ, ४९३ सङ्खुवासभा, ४५४ कैलाली र ४३९ धनकुटामा सङ्क्रमित भएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP