बुधबार , भाद्र १७, २०८३

काठमाडौं ।गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोंच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्।

सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश भएको छ ।
सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

आफ्ना श्रीमान्‌का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती अहिले नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन। रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध चौतर्फी आलोचना भइरहेको छ। सत्तापक्षकै नेताहरुले सरकारको निर्णयप्रति आपत्ति जनाउँनै निर्णय सच्याउन भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP