मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीले विशेष बढुवा गरेको छ।

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले बढुवको निर्णय गरेको हो ।

नेपाली क्रिकेटमा उनको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताए । दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध छन। उनी नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुन् । चीनमा आयोजित एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक बनाउँदै विश्वकीर्तिमान रचेका छन् ।

उनले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धशतक बनाएर राखेको कीर्तिमान तोडेका हुन् । दीपेन्द्र सहित नेपाली टोली आज मात्रै स्वदेश फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP