
काठमाडौं । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईंलाई मंगलबार नै पक्राउ गरेको हो ।
चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
ब्यूरोले देउराली सहकारी पीडितलाई यथाशीघ्र सम्पर्क गर्न पनि आग्रह गरेको छ ।