सोमबार , बैसाख २२, २०८२

काठमाडौं । बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहीबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जानकारी दिएको हो ।

राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।

कर्फ्यू खुल्ला गरिएको अवधिमा निषेधाज्ञा भने जारी गरिएको छ । बिहान ८ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासन कार्यालयले जनाएको छ ।

हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न अनुरोध समेत गरेका छन् ।

बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो । त्यसपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो ।

npj_notice.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP