सोमबार , बैसाख २२, २०८२

काठमाडौँ । आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई छ ।

आज रातिदेखि नोभेम्बर ७ तारिख राति १०ः४५ बजेसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिनेछ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।
डाइभर्सिटी भिसाको आवेदन dvprogram.state.gov बाट मात्र गर्न सकिनेछ । तपाईंको फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्छ । अघिल्लो वर्षको फोटो पुनः प्रयोग गर्नुहुँदैन ।

त्यस्तै, तपाई)ले आफ्नो आवेदनमा आफ्नो पति/पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ । डीभी २०२५ को छनोट मे २०२४ मा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP