बुधबार , भाद्र १७, २०८३

काठमाडौं ।  प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । बुधवार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना निकालेर गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु र व्यक्तिको प्रतिष्ठा तथा आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन र प्रदर्शन नगर्न ब्युरोले आग्रह गरेको छ ।  ‘जातीय भेदभाव, छुवाछुत र श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन साइबर ब्युरो सवैमा अनुरोध गर्दछ ।’ ब्युरोले  जारी गरेको सूचनामा भनिएको छ ।

कानुले रोक लगाएका सामग्री विद्युतीय माध्यममा प्रकाशन वा प्रदर्शन गरेमा कानुन बमोजिम कारबाही हुने ब्युरोले चेतावनी दिएको छ ।

cyber bureau.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP