मंगलबार , बैसाख २३, २०८२

काठमाडौं ।  प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । बुधवार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना निकालेर गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु र व्यक्तिको प्रतिष्ठा तथा आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन र प्रदर्शन नगर्न ब्युरोले आग्रह गरेको छ ।  ‘जातीय भेदभाव, छुवाछुत र श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन साइबर ब्युरो सवैमा अनुरोध गर्दछ ।’ ब्युरोले  जारी गरेको सूचनामा भनिएको छ ।

कानुले रोक लगाएका सामग्री विद्युतीय माध्यममा प्रकाशन वा प्रदर्शन गरेमा कानुन बमोजिम कारबाही हुने ब्युरोले चेतावनी दिएको छ ।

cyber bureau.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP