
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै खारेज नगरे कदम चाल्ने चेतावनी दिएपछि उनले त्यसको जवाफ दिएकी हुन् । ओलीले हिंसा दिवसलाई राष्ट्रिय उत्सव भनेर मनाउन नसकिने बताएकोमा सरकारकी प्रवक्ता शर्माले जनयुद्ध खास पार्टी र व्यक्तिको विषय नभएकाले सरकारले दिवसकै रुपमा मनाउने दोहोर्याइन् । त्यतिमात्रै होईन, यो निर्णय एमालेसहितको गठबन्धन सरकारका पालामा भएको उनले दाबी गरिन् ।
‘यो क्याबिनेट डिसिजन हो । हिजो हामी नेकपा एमालेसँगै गठबन्धनमा थियौं । त्यतिबेलाको गठबन्धनको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर क्याबिनेटबाट पारित गरेको विषय हो ।’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुको प्रश्नमा उनले भनिन्,‘मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुको प्रश्नमा उनले भनिन् क्याबिनेटले पास गरेको विषय संसदमा एकजना नेताले बोल्दैमा केही हुँदैन । क्याबिनेटले पारित गरिसकेपछि जनयुद्ध दिवस मनाएर जान्छ । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’
उनले आज व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको जिकिर गरिन् । ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौं । क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन ।’ मन्त्री शर्माले भनिन् ।