
काठमाडौं । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो ।
संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो। चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो। पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए। यही प्रकरणमा दावा जिनका सवारी चालक पक्राउ परेका हुन ।
यो प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ।
सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ। फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको थियो।