बुधबार , भाद्र १७, २०८३

काठमाडौं।  नेपाल भारत सीमा नाका मुनाहा नाका भएर यात्रा गर्ने धेरै यात्रु नेपालगञ्जमा  कर्फ्यू लागेपछि समस्या भएको छ ।  सीमा नाकामा झण्डै दुई हजार नागरिक अलपत्र अवस्थमा रहेको अनुमान । कर्फ्यूले समस्या परेपछि उनीहरुलाई प्रहरीले गन्तब्यतर्फ पठाउन सुरु गरेको छ ।

कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तब्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर बिष्टले बताए।
यातायात ब्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तब्यसम्म पठाउन थालिएको हो । जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपाली मध्य रातीदेखि नाकामा अलपत्र छन् ।

jamunaha_2.jpg

दशैं नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाब लगायतका क्षेत्रमा नेपालीहरु कामका लागि जाने गर्दछन् ।

कर्फ्युपछि नेपालगञ्ज बजार विहानैदेखि शान्त  छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लंघन नगर्नका लागि प्रहरीले माइकिङ गरिरहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP