
काठमाडौं । बझाङमा गएको भूकम्पमा परी १३ जना घाइते भएका छन् ।जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।
भूकम्पमा जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३, ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।